काठमाण्डौ इन्टरनेसनल स्कुलका विद्यार्थीहरु जोखिममा,सरकारको निर्देशन वेवास्ता गर्दै विद्यालय संचालन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मित्रपार्कमा  काठमाण्डौ इन्टरनेसनल स्कुलका विद्यार्थीहरु जोखिममा परेका छन।  नेपाल सरकारले दिएको निर्देशनको वेवास्ता गर्दै विद्यालयले बैशाख ८ गते बुधवार भौतिक रुपमा कक्षा संचालन गरेपछि सो विद्यालयका अभिभावकहरु अहिले चिन्तामा परेका छन।

कोरोना प्रकोपको कारण शहरी क्षेत्रका विद्यालयमा भौतिक उपस्थिति सहितको पठन पाठन बन्द गरेर अनलाइन लगायतका बैकल्पिक विधि अपनाउन सरकारले निर्देशन दिए पनि सो विद्यालयले भने विद्यार्थीहरुलाई भौतिक उपस्थिति मै रहेर अध्ययन गर्न दवाव दिएको एक अभिभावकले बताएका छन ।

यसरि विद्यालयले दवाव दिए पछी वडा कार्यालयमा सम्पर्क गर्दा वडा बाट सरकार वा अन्य निकायमा उजुरी गर्न भनेको बताउदै ति अभिभावकले स्थानीय सरकार भन्दा शक्तिशाली उक्त विद्यालयको लापरवाही र गैर जिम्मेवारी पूर्ण कामलाई संचार माध्यम मार्फत सार्वजनिक गर्नुपरेको भन्दै दुख व्यक्त गरेका छन।

सयौ विद्यार्थी र तिनका अभिभावकहरुको जीवन नै जोखिममा पार्ने गरि गरिएको सो कार्यलाई बन्द गराउन तथा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका लागि आन्दोलन र विरोध गर्ने अभिभावकहरुले तयारी गरिरहेको एक अभिभावकले कपन अनलाइनलाई जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।