स्वर्णिम लालिमा : गंगा लिगल (कविता )

स्वर्णिम लालिमा : गंगा लिगल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ४।

रितुराज बसन्तको सौन्दर्यमय घुम्टो ओढेर
उद्यानको पुष्ष पुष्पमा सुगन्धित सुवास छरेर
वन कुञ्जमा कोईलीको मधुर धुनसँगै
आयो नव बर्ष पूर्वको स्वर्णिम लालिमा लिएर ।

हिम नदीको प्रवाहित गङगाको प्रवाह बनेर
मानव हृदयमा हर्ष र उमंगको झनकार बनेर
गाम्भिय र माधुर्यताको सुशितल मुस्कान सङै
आयो नवबर्ष र उमंगको बिगुल फुकेर ।

मानवको प्रत्येक पाइलामा बृहत् रुप दिएर
क्रान्तिको मुस्लोमा सम्यम रुपी ज्यावल बनेर
ज्ञान गम्यताले सुपरी मार्गको दर्शनसंगै
आयो नवबर्ष परिग्यानको बिशालता लिएर ।

मन मस्तिष्कमा स्वच्छ बिज बीजारोपण गरेर
दीर्घ सुत्रता त्यागी बौद्धिकताले ओतप्रोत भएर
मकिन्छ जीवन शुभकामनाको कलश लिएर
आयो नवबर्ष बौद्धिकताको ज्योति पुन्ज लिएर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।