चम्पादेवी गाउँपालिकामा पर्यटन प्रवर्धन तथा खेलकुद सप्ताहको तयारी तीव्र

कपन अनलाइन

ओखल ढुंगा ,बैशाख ३ ।

चम्पादेवी गाउँपालिकाले यहि बैशाख १५ गते देखि २२ गते सम्म हुने धार्मिक तथा पर्यटन प्रवर्धन सहित गाउँपालिका अध्यक्ष खेलकुद सप्ताहको तयारीलाई तीव्रता दिएको छ।

गाउँपालिकाको नामाकरण भएको ओखलढुंगा जिल्लाको पवित्र धार्मिक स्थल चम्पादेवी मन्दिरको धार्मिक तथा पर्यटकीय महत्वलाई प्रवर्धनका लागि सो क्षेत्रमा रहेको  वडा नं ९ को डल्लीडाँडालाई कार्यक्रम स्थलका रुपमा चयन गरिएको छ।

सात दिन सम्म चल्ने सो कार्यक्रममा १८ खेलकुदका  सहित विविध सांस्कृतिक र धार्मिक  गतिविधिहरु हुनेछन।

तपाइँको प्रतिक्रिया ।