भेनस नेसनल कलेजको ओरियन्टेसन कार्यक्रम सम्पन्न

भेनस नेसनल कलेजको ओरियन्टेसन कार्यक्रम सम्पन्न

 

कपन अनलाइन

काठमाडौँ, चैत्र ३१ । काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले स्नातक तहमा नयाँ भर्ना विद्यार्थीहरुको लागि ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार कलेजको मार्शल हलमा  सम्पन्न उक्त कार्यक्रममा  नयाँ भर्ना भएका विद्यार्थीहरुको बाक्लो  सहभागिता  रहेको थियो ।

 स्नातक तह बि बि एस , बि ए तथा बि एड संकायमा  नया भर्ना भएका  विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा सम्पन्न ओरियन्टेसन कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण गौतम, कलेजका निर्देशक  मोहनअधिकारी   भेनस स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल सहित शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन कलेजका पब्लिक रिलेसन अफिसर बिनित राज अर्यालले गरेका थिए । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाइन शिक्षा प्रदान गरेको थियो । सो समयमा कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई विभिन्न सेसनहरु, वेभमिनार तथा  मोटीभेनसल कार्यक्रम पनि आयोजना गरेको जानकारी गराइएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै क्याम्पस प्रमुख कृष्ण गौतमले  नया बिद्यार्थीलाइ स्वागत गर्दै विद्यार्थी जीवनमा सफल हुनका लागि नियमितता, अनुशासन, समयको महत्व, सकारात्मक सोच, परिश्रम र धैर्यता आवश्यक रहेको बताएका थिए ।उनले डार्विन सिद्धान्त (survival of the fittest) को उदाहरण दिंदै विद्यार्थी प्रतिस्पर्धी  हुनको लागि प्रेरित गरेका थिए । कलेजको बिशेषताको बारेमा जानकारी गराउदै गुणस्तरीय शिक्षा प्रदान गरि  अब्बल जन शक्ति उत्पादन गर्न  भेनस नेसनल कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। त्यसै गरि उनले अध्ययन गर्दा अपनाउनुपर्ने पक्षमाथि प्रकाश पार्दै विद्यार्थीलाई सकारात्मक सोचका साथ अगाडि बढे आफ्नो लक्ष्यमा पुग्न सकिने बताउदै कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकाले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षका लागि  विद्यार्थीलाई सचेत गराएका थिए  ।

स्थापना काल देखी हालसम्म उत्कृष्ट नतिजा हात पारेको उदारण प्रस्तुत गर्दै शैक्षिक गतिविधिमा मात्र नभइ अन्य अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थी अब्बल हुनु पर्ने धारणा राखेका थिए। बैशाख २  गते देखि नियमित कक्षा संचालन हुने जानकारी गराउदै उनले  भर्ना हुन चाहने बिद्यार्थीले कलेजमा सम्पर्क गर्न सकिने पनि बताउदै कलेजले बिभिन्न छात्रवृत्ति योजना पनि अगाडी सारेको बताएका थिए । उनले आफ्नो शैक्षिक लक्ष्य  प्राप्तिका लागि अनुसासित भएर अध्यायनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्दै  सबैखाले शैक्षिक पुर्वाधार सम्पन्न रहेको कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पठनपाठन हुने जानकारी दिदै विद्याथीहरुको शैक्षिक विकासमा कलेज सधै लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले सुन को महत्व त्यतिबेला मात्र सार्थक हुन्छ जब त्यसलाई गहनाको रुपमा सबैले लगाउछन , भेनसको लागि  बिद्यार्थीहरु सुन हुन् त्यो सुनलाई भेनसले गहना बनाएर सबै माझ पुर्याउन प्रयास गर्ने बताएका थिए। उनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न भेनस सफल हुने बिश्वास ब्यक्त गर्दै भेनसले एम टु एम अर्थात् मन्टेश्वरी देखि मास्टर सम्मको पढाइ गर्ने शैक्षिक केन्द्रको रुपमा भेनसलाइ अगाडी बढाउन लागेको बताएका थिए। उनले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न भेनस प्रतिबद्द भएको पनि बताएका थिए ।कार्यक्रममा भेनस नेसनल कलेजका निर्देशक मोहन अधिकारी,भेनस स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाले नया बिद्यार्थीहरुलाई स्वागत गरेका थिए। उनले  शिक्षक र विद्यार्थीको सम्बन्ध राम्रो भए मात्र पढाई प्रभावकारी हुन सक्ने बताउदै विद्यार्थी सफल हुनुमा शिक्षकको निकै ठूलो भूमिका रहने र शिक्षक विद्यार्थीको सकारात्मक सम्बन्धले विद्यार्थीहरुलाई उत्साहित र प्रोत्साहित गर्ने बताए  । नवआगन्तुक विद्यार्थीहरुलाई आफूले पढेको विषयमा दक्षता र विशेषज्ञता हासिल गर्नुपर्नेमा जोड दिदै धेरैजसो विद्यालयमा कितावी ज्ञान मात्र दिने गरेको हुँदा किताव बाहेक बाहिरी ज्ञानमा पनि निर्देशित गर्ने नीति कलेजले लिएको बताएका थिए । उनले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।