सिन्धुपाल्चोक खाडीचौरमा गम्भीर दुर्घटना ,एक जनाको मृत्यु

सिन्धुपाल्चोक खाडीचौरमा गम्भीर दुर्घटना ,एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ३०/विशाल आचार्य

काठमाडौबाट दोलखा जाँदै गरेको बा ३ ख ९६५८ न को बस र खाडिचौरबाट काठमाडौ आउदै गरेको बा ५९ प ६९८६ न को मोटरसाइकललाई बिपरित दिशाबाट आएको बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । उपचारको क्रममा नारायण श्रेष्ठको खाडीचौरमा निधन भएको हो ।

मोटरसाइकलमा सवार श्रेष्ठ त्रिपुरासुन्दरी गाउँपालिका निवासी हुन भने उक्त्त मोटरसाइकलमा सवार अर्का गम्भीर घाइते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि ह्याम्स अस्पतालमा लगिएको छ। थप विवरण आउन बाकी छ ।

(विशाल आचार्य  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।