विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ३०।

काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ ।

प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो ।

तपाइँको प्रतिक्रिया ।