बुढानिलकण्ठमा अर्को सहकारी संस्था समस्यामा,टुपेक कृषि सहकारी संस्थाका सदस्यहरुको विचल्ली
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ३०।
बुढानिलकण्ठ नगरपालिकामा अर्को सहकारी संस्था समस्या देखिएको छ। केहि समय अगाडी करोडौ रकम जोखिममा पारेर एउटा सहकारी भागे संगै समिति बनाएर समस्या समाधानको प्रयास गरिरहेको नगरपालिकामा अर्को सहकारी संस्थाका सदस्यहरुले सहयोगको अपिल गरेका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा रहेको टुपेक कृषि सहकारी संस्थाले करोडौ पैसा उठाएर संचालक सम्पर्कविहिन भएको भन्दै बचतकर्ताहरुले सार्वजनिक संचार माध्यम मार्फत सहयोगका लागि अपिल गरेका छन ।
दुई वर्ष अगाडीदेखि बचत गरेको पैसा फिर्ता नगरेको भन्दै करिव तीन सय जना पीडितहरु सहकारी संस्थाका सञ्चालक सरोजराज श्रेष्ठले बचतकर्ताहरुको पैसा फिता नगरेको भन्दै गत दुई महिनादेखि आन्दोलनमा रहेका छन।
करिब दुई करोड रकम हिनामिना गरी लुकेर बसेको भन्दै सम्बन्धित वडा तथा नगरपालिकामा उजुरी दिना जाँदा आफुहरु नै मिल्नु भन्दै उल्टै गाली गरेर पठाएको बताउदै एक पीडितले उक्त सहकारीबाट स्थानीयहरु नै ठगिए पनि सरोकारवाला निकायले उचित तदारुकता र सक्रियता नदेखाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन।
वडा तथा अन्य क्षेत्रमा व्यवसाय गर्ने तथा स्थानीयहरुले बचत गरेको पैसा फिर्ता नभएपछि प्रहरीसम्म पुगेका पिडितहरुले सो संस्थाका संचालक फोन लागे काट्ने र फोन उठाए उल्टै गाली गलोज तथा धम्की दिएको भन्दै संघर्ष समिति गठन गरेर अवका दिनमा आन्दोलन गर्ने तयारी गरिएको बताएका छन ।