फाइनल प्रवेशका दिल्ली र चेन्नईको भिडन्त आज

१२ जेठ, काठमाडौ । आईपिएलको पाँचौ संस्करणको फाइनल प्रवेशका लागी आज दिल्ली र चेन्नई प्रतिष्पर्धआ हुँदैछ । आज बेलुका सवा ८ बजेदेखी सुरू हुने खेलमा विजयी हुने टोलीले फाइनल यात्रा तय गर्नेछ

आज हुने खेलमा बलियो मानिएको तथा लिग चरणमा पहिलो स्थानमा रहँदै प्ले अफमा पुगेको र साविक विजेता चेन्नईको प्रतिष्पर्धा निकै नै रोमाञ्चक हुने क्रिकेट विश्लेशकहरूको भनाई छ । आइपिएलको लिग चरणमा भएको दुई खेलमा दुवै टोलीले १-१ खेलमा जित हात पारेका थिए भने आइपिएलमा अहिलेसम्म भएका ९ भिडन्तमा चेन्नईले ५ खेलमा जित हात पारेको छ ।
बुधबार भएको खेलमा मुम्बईलाई पाखा लगाउँदै क्वालिफायर चरणमा पुगेको चेन्नई उच्च मनोबलका साथ जितका लागी मैदान उत्रने छ भने दिल्ली भने यसअघि कोलकोत्तासँग हारको बदला लिन फाइनल पुग्ने उदेश्यका साथ मैदान उत्रने छ ।
आज हुने खेलको विजयी टोलीले कोलकोत्तासँग आइतबार उपाधीका लागी प्रतिष्पर्धा गर्नेछ ।
तपाइँको प्रतिक्रिया ।