क्यानडा : कमला श्रेष्ठ ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८।
चारै तिर हिउँको थुप्रै थुप्रो छ
यस्ता लाग्छ कि प्रकृति नै सेतो च्यादर ओडेर सुतेकी छिन् ।
जाडो मौसममा जतिखेर पनि हिउँको वर्षा भइराख्ने
यो क्यानडा शहरमा
कति मान्छे पुग्छन्
कोही रहरले कोही बाध्यताले
कोही दुई पैसा कमाई आफ्नो परिवारलाई सुख दिन
क्यानडाको सानो शहर यो थन्डर्व
सम्म परेको चारैतिर राम्रा बाटाघाटा छन्
न ट्राफिक छन्् न भिडभाड छ
गाडीहरू आफ्नो गतिमा हिंडिराखेछ
देखेर अचम्म लाग्छ कति व्यवस्थित
ठाउँठाउँमा उनीहरूको पुर्खाको संरचनाहरू देख्छु
ठेस पनि लाग्या छैन
कत्रो माया कत्रो सम्मान आफ्नो पुर्खाप्रति
यहाँका साना साना राम्रा एकनासे घर हेरेरै नभ्याइने
साना साना पहाड तिनलाई पनि हिउँले ढाकेर राखेको छ ।
यो जाडो मौसममा मानिसको मनोरञ्जनको ठाउँ बनेको छ
चिप्लेटी खेल्न
साना–साना खोला पनि हिउँले नै आफ्नो अंगालोमा बेरेको छ ।
जाडोमा पानीको कलकल सुनिंदैन
हरिया डाँडा काँडा देखिंदैन ।
भगवान्ले सृष्टि गरेको संसार
कहिँ धुप कहिँ छायाँ भनेको यही नै हो त !
म प्रकृतिको यो दिव्य घरभित्रै बसेर हेरिरन्छु
मनमा ताजुव लाग्छ,
भगवान्को यो अनेक प्रकारको संरचना देखेर
म
नेपालको डाँडा काँडा
हरियो पाखा पर्वत,
नदी नाला भएको ठाउँमा जन्मेको मान्छे
यो नयाँ ठाउँमा आएर पनि रमेको छु ।
मानिसलाई प्राकृति अनुरुपै ढल्न
सायद,
प्रकृतिलै सिकाउँछिन् होला ।
(सहकार्य कपन बानेश्वर साहित्यिक साप्ताहिक )