कोरोना संक्रमणको जोखिम बढेपछि केयुमा अनलाइन पढाई
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २७ ।
कोरोना संक्रमण जोखिम बढेपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ ।
विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो।काठमाडौं विश्वविद्यालयमा अध्ययरत केहि विद्यार्थीहरु संक्रमित भएपछि यस्तो निर्णय लिइएको बताइएको छ ।
स्कूल अफ साइन्सका डिन प्रा. डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा. डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने सूचनामा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया ।