म्यानमारका नागरिकको जीवन रक्षाका लागि मानव अधिकार तथा शान्ति समाजको शान्तिपूर्ण प्रदर्शन
कपन अनलाइन
काठमाडौं, चैत्र २६।म्यानमारका नागरिकको जीवन रक्षाका लागि मानव अधिकार तथा शान्ति समाजले आँखामा कालो पट्टि सहित मैनवत्ती बालेर शान्तिपूर्ण प्रदर्शन गरेको छ । समाजले बुधबार काठमाण्डौ बौद्धमा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु गीता तिमल्सिना, दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडा सहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता रहेको थियो ।
प्रदर्शनमा सहभागिहरुले बर्मा नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभामा श्रेष्ठसहित जनप्रतिनिधिहरुलेसमेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाएका थिए ।
शान्तिपूर्ण विरोध कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजले बर्मामा भैरहेको सैनिकहरुले गरिरहेको नरसंहारको विरोध जनाउदै , लोकतन्त्र लागि प्रजातन्त्रको लागि लडिरहेको जनताको पक्षामा एकेवद्धता जनाउदै त्यस नरंसहारको अन्त्यको लागि र विश्व समुदायमा यस कार्यको विरोध स्वरुप सो कार्यक्रम गरिरहेको मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार तथा समाजिका अभियन्ता उत्तम पुडासैनीले जानकारी गराए ।यसैगरी चैत २५ गते साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेको त्यसैगरी चैत २४ गते शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेको पनि उनले जानकारी गराए ।बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया ।