जय भद्रकाली माता: वडा अध्यक्ष नबिन केसी (कविता )
कपन अनलाइन
काठमाण्डौ, चैत्र २५।
हाम्रो गाउको मध्य भागमा माता भद्रकाली को बासस्थान छ ।
माताको नामले परिचित हुदा यसैमा हाम्रो गौरब र शान छ।।
बिशाल पिपलको बोट चारैतिर फैलिएको छ झपक्क ।
अनौठो बसाई छ उनिको बसेकि छिन फेदमा थपक्क ।।
प्रख्यात छ हाम्रो गाउ ठाउ जताततै उनि माताको नामले ।
उज्यालो किरण छरेकि छिन गाउमा उनै भगवती आमाले ।।
नौलिन भद्रकालि माताको छ अधम्य शक्त्तिको खानि ।
बिश्वास छ पुजिन्छ मातालाई भन्दै,रक्षा गर हे दुर्गा भवानि ।।
सामाजिक एकता र सद्भाव को नाता गासेकि छिन गाउमा ।
यहाका जात जाति सबै मिलि मेला उत्सब हुन्छ एकै ठाउमा।।
माता भद्रकाली को आशिर्वाद हामि सबैले लिनु पर्छ ।
धर्म सस्कृति हाम्रो सम्पत्ति हो सम्रक्षणमा ध्यान दिनु पर्छ।।
(कवि केसी बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष हुन् )
तपाइँको प्रतिक्रिया ।