हामीले नेपाल भाषा पढाउन लागेका होइनौ, माध्यम मात्रै नेपाल भाषा होः महानगर प्रमुख शाक्य
कपन अनलाइन
काठमाण्डौ, चैत्र २५।
काठमाडौँ महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जिवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै नेवा पत्रकार राष्ट्रिय दबुले महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेको छ ।
उनिहरुलाई अभिनन्दन गर्नुअघि उनिहरुलाई ‘नेपा झिगु मांदेय् खः नेपाल भाषा झिगु मांभाय् खः’ अर्थात ‘नेपाल हाम्रो आमा हो, नेपाल भाषा हाम्रो मातृ भाषा हो’ भन्ने नारा लेखिएका व्यानर र नेवारी संस्कृति झल्किने बाजा–गाजासहित काठमाडौँका विभिन्न चोकको परिक्रममा गराइएको थियो ।
र्यालीपछि बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गरी उहाँहरुलाई उप्रधानमन्त्री ईश्वर पोख्रेको प्रमुख आथित्यतामा सम्मान गरिएको थियो । कार्यक्रममा जनकवी दुर्गालाल श्रेष्ठ पनि लठ्ठी टेकेर अतिथिको रुपमा सहभागी हुन पुगेका थिए । अभिनन्दनपछि सम्वोधन गर्दै मन्त्री पोख्रेलले स्थानीय भाषाको पाठ्यक्रम लागु गरेर स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई सदाकालका लागि जिवन्त राख्न ऐतिहासिक भूमिका खेलेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुखसहितलाई धन्यवाद दिए ।
‘नेवार जाति इतिहासका जिवित तथ्य हो,’ मन्त्री पोखरेलले भने , ‘नेपालीहरुको इतिहास जातिय पहिचान हो । यहि कुरालाई ख्याल गरेर काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रमसहित पठन–पाठन सुरु गर्नु ठूलो कुरा हो । केही ढिला सुरु भयो तर, यो उत्तम काम हो ।’ कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल भाषाको पाठ्यक्रमलाई व्यवस्थित ढंगले लागु गर्नुपर्ने भन्दै सरकारको पनि पूर्ण समर्थन रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
‘काठमाडौँ महानगरपालिकाले पाठ्क्रमसहित पाठ्यपुस्तक छापेर पठन–पाठन सुरुका लागि शिक्षक छनोटको काम समेत सम्पन्न गरेको सुन्दा खुशी लाग्यो,’ मन्त्री श्रेष्ठले भने , ‘अब यो सबै स्थानीय तह र १०,११, २१ मा पनि लागु गर्दै राष्ट्रव्यापि बनाउनुपर्छ ।’ कार्यक्रममा प्रमुख शाक्यले यो चुनौतिपूर्ण काम भएको भन्दै केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गरेकोमा खुशी लागेको बताए । ‘हामीले स्थानीय भाषा, लिपि, कला, सस्कार, सस्कृति र सम्पदालाई जिवन्त राख्न यो चुनौतिपूर्ण कामलाई अघि बढाएका हौँ,’ प्रमुख शाक्यले भने , ‘स्थानीय तहले गरेको कामलाई केन्द्र सरकारले समेत स्वामित्व ग्रहण गर्दा खुशी लागेको छ ।
केन्द्र सरकारको समेत साथ र सहयोगले व्यवस्थित ढंगले लागु गरेर अघि बढ्न सकारात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’ उनले नेपाल भाषा पढाउन भन्दा पनि माध्ययम नेपाल भाषा भएको स्मरण गराए । उनले शुद्ध नेपाल भाषा नै पठान–पाठन गराउन नलागेको पनि बताए । ‘हामीले नेपाल भाषा पढाउन लागेका होइनौँ । माध्ययम मात्रै नेपाल भाषा हो,’ उनले भने , ‘यहाँको कला, संस्कृति, रहन–सहन, यहाँको रिति–रिवाज, यहाँको भूगोल, इतिहासबारे जानकारी गराउने माध्ययम स्थानीय पाठ्यक्रम बनाएर पठाउने माध्ययम मात्रै नेपाल भाषा गरेका हौँ । यो शुद्ध नेपाल भाषा होइन, माध्ययम मात्रै हो ।’ उहाँले सबैको साथ–सहयोगले सम्भव भएको पनि जानकारी दिनुभयो ।
उहाँले काठमाडौँको सम्पदालाई पर्यटनसँग जोडन चाहेको पनि बताए । कार्यक्रममा उप्रमुख खड्गीले मेरो काठमाडौँ, हाम्रो काठमाडौँ भने जस्तै यहाँको भाषालाई पनि मेरो भाषा, हाम्रो भाषा भनि सिक्नुपर्छ भनेर स्थानीय भाषाको पठन–पाठन सुरु गरेको बताए । कार्यक्रममा सम्वोधन गर्नेक्रममा जनकवी दुर्गालाल लामो समयदेखिको सपना पूरा भएको भन्दै भाबुक बनेका थिए । ‘नेपाल संसारमा परिचित गराउन चाहिने उसको पहिचान भनेको राष्ट्रिय सम्पदाको सुरक्षा पहिलो हो । त्यो सुरक्षा कहिले हुन्छ त ?,’ उहाँले भन्नुभयो, ‘जब बच्चाहरुबाट त्यहाँको पहिचान सम्बन्धि कुरालाई आत्मसाथ गरेको हुन्छ । त्यसैबाट मात्रै हामी अभिमानसाथ संसारको अघिल्तिर हाम्रो नेपाल भनेर उभिन सक्ने हुन्छौँ ।’ उनले स्थानीय भाषाको पठन–पाठन बच्चाहरुको नैसर्गिक अधिकार भएको पनि स्मरण गराउदै भने ‘काठमाडौँ महानगपालिकाले नेपाल चिनाउने काम सुरु गरेको छ ।
यो व्यवस्थित ढंगले अघि बढ्न सकोस् यो महान कामका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिन चाहन्छु,’ उनले भने , ‘काठमाडौँ महानगरपालिकाले अरु पनि धेरै काम गरेको होला । ती सबै मध्ये सबैभन्दा महत्वपूर्ण काम यो गरेको छ । मेरो सपना पूरा भएको छ ।
यसलाई महानगरपालिका र सरकारबाट पनि बचनवद्ध भएर लाग्ने प्रतिवद्धता सुन्न पाइयो । यो व्यवहारमा लागु होस ।’ कार्यक्रममा विभिन्न संघ–संस्थाले पनि प्रमुख–उपप्रमुखलाई सम्पदा, संस्कृतिको संरक्षणमा लागेको भन्दै कार्यक्रममा अभिनन्दन गरेका थिए ।