प्रधानमन्त्री केपी ओलीको सपना र बुढानिलकण्ठमा विशेष विद्यालय

प्रधानमन्त्री केपी ओलीको सपना र बुढानिलकण्ठमा विशेष विद्यालय

कपन अनलाइन

काठमाण्डौ , चैत्र २३।

सडक मानव र बालबालिका मुक्त नेपाल निर्माणको अभियानलाई सफल बनाएका प्रधानमन्त्री केपी ओलीले बालबालिकाहरुका देखेको अर्को सपना पुरा हुने चरणमा अगाडी बढेको छ।

प्रधानमन्त्री ओलीले बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि सातै प्रदेसमा विशेष आवासीय विद्यालय स्थापना गर्ने अभियानका क्रममा बागमती प्रदेसको विशेष विद्यालय बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा निर्माण हुन् लागेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को आत्म विकास आधारभूत विद्यालयलाई विशेष आवासीय विद्यालयका रुपमा विकास गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन ( DPR ) निर्माणको काम अगाडी बढाएइएको छ।

करिव २०० जना फरक क्षेमता भएका वालबालिकाहरुका लागि आवासीय तथा अन्य विद्यार्थीका लागि दिवा कक्षा संचालन हुने विद्यालयको भौतिक पूर्वाधार निर्माण सरकारले गर्नेछ।

यसै क्रममा विद्यालय निर्माणको कामलाई अगाडी बढाउनका लागि  व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भण्डारीको  अध्यक्षता र बागमती प्रदेस सभा सदस्य दिपक निरौलाको उपस्थितिमा बसेको बैठकले बाल मैत्रीपूर्ण बाैद्धिक अपांगता भएका विद्यार्थीहरुका लागि विशेष विद्यालय स्थापनाको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ।

बुढानिलकण्ठ पानी मुहान नजिक रहेको करिव १८ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न विद्यालय निर्माण हुने जानकारी दिदै काठमाण्डौ क्षेत्र नं ५ (२ ) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले उक्त विद्यालय नगरपालिकाको नमुना विद्यालय हुने दावी गरेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।