जन्म सम्झना : जन्सा किनडिक (कविता )
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत्र २१।
हिमालहरूले धुवाँको स्तर मापन गरेको देखिन्छ
र सूर्यबाट मान्छेको दूरी
संसारको आँखामा धुलो फेरीन्छ
धुंध र स्विचम्यानको निकटता
काठमा नङहरूको गहिराई बराबर हुन्छ
नृत्य संगीतको तालमा चालित हुन्छ
दक्षिणी भागमा आगलगीले चराचुरुङ्गीहरू मरे भने
रात श्यामश्वेत हुन्छ
र पृथ्वी नाङ्गै देखीन्छ
यो सबै आकाश हेरीरहेको मात्रै हुनेछ ।
(अनुवाद : कमल ढुंगाना )
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।