गीत : बिमला अधिकारी देवकोटा

गीत : बिमला अधिकारी देवकोटा
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २१।

शुन्यताले छाएको छ, तिमी बिना मनमा
फर्क प्रीय संगै बिताउँ, जीवन आफ्नैपनमा ।

कति दुख भोगेँ होला, कति सुख पाएँ
एक्लो यात्रा भर्दै जाँदा, कैयौं ठक्कर खाएँ
घरको चरी वारी छु म, तिमी पारि बनमा
फर्क प्रीय संगै बिताउँ, जीवन आफ्नैपनमा ।

चोखो प्रेमको अघिल्तिर, अरु सबै गौण
मेरो दुख बुझिदेउ तिमीले नबस है मौन
सम्पत्ति त आउँछ जान्छ, माया साँची मनमा
फर्क प्रीय संगै बिताउँ, जीवन आफ्नैपनमा ।

शुन्यताले छाएको छ, तिमी बिना मनमा
फर्क प्रीय संगै बिताउँ, जीवन आफ्नैपनमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।