वसन्त : दुर्गा रिमाल (कविता )
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत्र २१।
सिङ्गार्दछे चहकको अनुहार धार
ऊ भर्दछे मधुरता कविता अपार ।
केभो ? तिमी भन बसन्त मिठास भर्छु
राखी अनाज घरको म सुवास छर्छु ।।
ऊ भर्दछे मधुरता कविता अपार ।
केभो ? तिमी भन बसन्त मिठास भर्छु
राखी अनाज घरको म सुवास छर्छु ।।
एकान्तको विपिनको ममता म भर्छु
हेर्दै प्रभात वनकुञ्ज सुवास छर्छु ।
नौलो पुरानु अनि साथ भरेर छोड्छु
टाढा नपार्न दिनरात समीप राख्छु ।।
गाएर कोकिल अथाह समुन्द्र भर्छे
प्यारो वसन्तप्रति मोह मिठास छर्छे ।
ल्याएर शान अनि कोमल गान गाओस्
रङ्गेर इन्द्र धनुझैं शुभकामना होस् ।।
छन् पात मात्र हरिया तर फूल रातो
जाऔ जहाँ प्रणय फुल्छ बलेर माटो ।
धोऔं सबै अगुण झट्टं बिलम्ब छोड्दै
हिँड्छौं सदा गहन, दिव्य विचार छर्दै ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।