अनुत्तरित प्रश्न : उत्पल चालिसे (कविता )

अनुत्तरित प्रश्न : उत्पल चालिसे (कविता )
कपन अनलाइन
सिन्धुपाल्चोक ,चैत्र २१।
एक प्रश्न सधैझैँ
मनमा खेलिरहेथ्यो
कयौं देखि यहि प्रश्न
मनमै अल्झिरह्यो
उत्तरको खोजीमा अनन्त यात्रा
गन्तब्य मृग त्रिष्णा
मात्र प्रश्न अझै गहिरि रह्यो
जीवनको गति अनि समयको छालसंगै
गहिरिदो यो प्रश्नको आडमा
यि पाइला अघि बडाइरहेथे

हर दोबाटोहरुमा यो प्रश्न झन्
झन् गहन भैरहेथे
मानौ यो प्रश्न हैन
मेरो जीवन रहेछ
तर अझ पनि मात्र प्रश्न हैन
प्रश्नको उत्तर,
मात्र उत्तरको
खाचो आभाष भैरहेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।