टोखा नगरपालिकामा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

टोखा नगरपालिकामा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २० ।

टाेखा नगरपालिकाको आयोजना तथा काठमाडौं जिल्ला सहकारी संघ लि.को सहआयोजनामा टाेखा ७ स्थित गोधुली ब्यांक्वेटमा ६४ औं राष्ट्रिय सहकारी दिवस  मनाएको छ ।

६४ औं राष्ट्रिय सहकारी दिवसको टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलको अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो ।

कार्यक्रममा टाेखा नगरपालिकाका सहकारी शाखा प्रमुख कमला कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्य , काठमाडौं जिल्ला सहकारी संघ लि.अध्यक्ष ज्ञान बहादुर तामाङ ,काठमाडौं जिल्ला सहकारी संघ लि.का महासचिव रवीन्द्र श्रेष्ठ , जिल्ला सहकारी संघ टाेखा नगर उपसमितिका संयाेजक विस्वराज श्रेष्ठ लगायतले ६४ औं राष्ट्रिय सहकारी दिवसको विशेष महत्त्व रहेको चर्चा गर्दै आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा टाेखा नगरपालिकामा काेभिड-१९ रोकथाम नियन्त्रण गर्नको लागि काेभिड बिपत्त व्यवस्थापन कोषमा निजि क्षेत्रबाट आर्थिक योगदान दिनुभएका टाेखा नगरपालिकाका नयाँ किरण बचत तथा ऋण सहकारी संस्था लि.,टाेखा भगवती बचत तथा ऋण सहकारी संस्था लि.,अष्ट सिद्धी बचत तथा ऋण सहकारी संस्था लि.,उज्ज्वल भविष्य बचत तथा ऋण सहकारी संस्था लि.,मंगल आरती बचत तथा ऋण सहकारी संस्था लि.,सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.,चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लि.,र कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि.लाई अतिथि टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले कदर- पत्र प्रदान गरेका थिए ।

६४ औं राष्ट्रिय सहकारी दिवसकै अवसरमा टाेखा नगरपालिका बाट संचालित सहकारी संस्थाहरु मध्यबाट सबैभन्दा बढी कर तिर्ने टाेखा २ को सपनतिर्थ बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीको विकास प्रबर्द्धन र सामाजिक रुपान्तरणमा विशेष योगदान पुर्याए वापत प्रमुख अतिथि टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कदर- पत्र प्रदान गरेका थिए ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अध्यक्षता गरेकी  टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले शुभकामना मन्तव्य व्यक्त गर्दै टाेखा नगरपालिकाका सहकारीले विभिन्न जनसमुदायहरुलाई बेरोजगारलाई रोजगारी अवसर प्रदान गर्न सक्ने बलियो र मजबुत अवस्था रहेको उल्लेख गर्दै टाेखाका सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान नदिइ उत्पादनमा विशेष जोड दिनुपर्ने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथी टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसको समापन गर्दै टाेखाका सहकारीले आफू, समाज र राष्ट्रको उज्ज्वल भबिश्यमा समेत अत्यन्त गहनता र अत्यन्तै मेहनतका साथ आफुलाई रुपान्तरण गर्न खोजिरहेको चर्चा गर्दै राज्यलाई त्यस्ले प्रतिफल प्राप्त गर्ने मौका प्रदान गरेको बताएका थिए । हाम्रो जस्तो विकासोन्मुख मुलुक जहाँ ब्याप्त बेरोजगारी छ,सामाजिक अस्थिर हुन खोजिरहेको छ, त्यसलाई निरुपण गर्नको लागि नेपालमा हजारौं सहकारीको योगदान रहेको छ त्यस्को अभियानकर्ता तपाईं सहकारीकर्मीहरु नै हुनुहुन्छ भन्दै धन्यवाद दिएका थिए ।

अर्जुन प्रसाद जोशीले संचालन गरेको कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघ लि.उपाध्यक्ष सीता ढकाल , महासचिब मनोज भण्डारी , सुमन केसी , टाेखा नगरपालिका वडाअध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु, जिल्ला सहकारी संघ टाेखा नगर उपसमितिका पदाधिकारीहरु र टाेखा नगरपालिकाका सहकारीका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

तपाइँको प्रतिक्रिया ।