तौलमा ठगी गर्ने राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

तौलमा ठगी गर्ने राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाए

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

तौलमा ठगी गरेको आरोपमा बालाजुस्थित राजेश हार्डवेयरका सञ्चालकलाई उपभोक्ताले प्रहरीमा बुझाएका छन् ।  प्रति १ सय किलो सामान किन्दा १० किलो ठगेको भेटेपछि उपभोक्ताले हार्डवेयर सञ्चालक कमल शर्मालाई प्रहरीको जिम्मा लगाएका हुन् । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर परीक्षण गर्ने सरकारी प्रतिनिधि पनि महानगरीय प्रहरी वृत बालाजुमा पुगेका छन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले उपभोक्ताले हार्डवेयर सञ्चालकलाई प्रहरी कार्यालयमा बुझाएको बताएका छन् ।  शुक्रवार ग्रीलजन्य सामान खरिद गरेपछि उपभोक्ताले पुनः तौल लिएका थिए । तौल कम भएपछि उनीहरुले बाणिज्य विभाग र गुणस्तर कार्यालयमा खबर गरेका थिए । काँटामा बस्ने कर्मचारीले सहि तौल पठाएको तर, बिल काट्नेले ओजन बढाएर बिल काटेको उपभोक्ताको आरोप छ ।

तपाइँको प्रतिक्रिया ।