रास्ट्रिय सहकारी दिवसमा लक्ष्यराइज साकोसको रक्तदान ,१३७ जनाले रक्तदान गरे

रास्ट्रिय सहकारी दिवसमा  लक्ष्यराइज साकोसको रक्तदान ,१३७ जनाले रक्तदान गरे

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २० ।

६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंकाे गोंगबुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो  सहकारीसँगै किवानिज क्लब अफ काठमाडौं भ्याली र लायन्स क्लब अफ काठमाडौं मनास्लुकाे संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा १३७ जनाले रक्तदान गरेका थिए  ।

किवानिज इन्टरनेसनलका नेपाल डिस्ट्रिक्ट गभर्नर मोहन लम्साल लगायत डिस्ट्रिक्ट पदाधिकारीहरूको  उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकारीका अध्यक्ष सहदेव तिमल्सिनाले बताएका छन  ।

सोसमूहले हरेक तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिदै तिमल्सिनाले तीन महिनाअघि चावहिल गणेशस्थानमा रक्तदान गरिएको र आगामी  तीन महिनापछिको रक्तदान कलंकीमा गर्ने तय भएको जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।