कागेश्वरी मनोहरा -६ मूलपानीमा घरको जग खन्ने क्रममा ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान स्थानीय दीपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा दोलखाको जिरी नगरपालिका–२ घर भई काठमाडौंको मूलपानी बस्ने २० वर्षीय इन्द्रबहादुर गुभाजुको मृत्यु भएको हो।
ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसका साथै सोही ढिस्कोले पुरिएर घाइते भएका उदयपुर घर भई मूलपानीमै बस्दै आएका ३५ वर्षीय धनबहादुर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।