प्रदेस नं १ का भौतिक पूर्वाधार विकास मन्त्रि अम्बिर बाबु गुरुङलाई ओखलढुंगाका नेताहरुको बधाई

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १६।

ओखलढुंगा जिल्ला बाट प्रदेस सभा क्षेत्र नं १ बाट निर्वाचित प्रदेस नं १ का भौतिक पूर्वाधार मन्त्रि अम्बिर बाबु गुरुङलाई ओखलढुंगा जिल्लाका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बधाई दिएका छन।

प्रदेस नं १ को मन्त्रि मण्डल विस्तारमा राज्य मन्त्रि बाट मन्त्रि बनेका उनलाई काठमाण्डौको होटल सांग्रिलामा भएको एक जमघटमा बधाई ज्ञापन गरिएको हो।

ओखलढुंगा जिल्ला बाट पहिलो पटक बामपन्थी मन्त्रि बनेका उनको बधाई ज्ञापनको अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य किशोर अधिकारी सहित पार्टी तथा जन संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।