हाप्किडोको रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
बागलुङ,चैत्र १६।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघको रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संघले बैशाखको पहिलो साता काठमाडौंमा आयोजनाको तयारी गरेको चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिपलाई मध्यनजर गरी आइतबार रेफ्री रिफ्रेसर कोर्ष र अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।
लैनचौरस्थित टेवल टेनिस हलमा भएको कार्यक्रममा ५५ जिल्लाका रेफ्री तथा केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारहिरुको समेत सहभागीता रहेको थियो । रेफ्रीहरुलाई संघका प्रमुख प्रशिक्षक सुस्मिता गुरुङले प्रशिक्षण दिएकी थिइन् ।
यस्तै, संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले हाप्किडो खेलको विकास क्रम, गतिविधि, यसको महत्व, उपलव्धी र आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । त्यसअघि जिल्ला तथा प्रदेशहरुले आफ्नो प्रतिवेदन प्रस्तु्त गरेका थिए ।
संघले २०७८ बैशाखको ४, ५ र ६ गते काठमाडौंमा आफ्नो चौथो राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आयोजना गर्दै छ । त्यसअघि संघले आइतबार नै आफ्नो टेक्निकल बोर्ड र रेफ्री काउन्सिल गठन गरेको छ । भुवन बुढा मगरको अध्यक्षतामा गठन भएको टेक्निकल बोर्डको सचिवमा प्रविण गुरुङ रहेका छन् । रेफ्री काउन्सिलको प्रमुखको जिम्मेवारी कृष्ण महर्जनलाई दिइएको छ