Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/165169075_449337209618741_6096956179256285962_n-e1616903396559.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/165347288_449337362952059_8427797432411170209_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/165978317_449337399618722_8427007796975661679_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/165933685_449337552952040_5228205392166904887_n-e1616903608476.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकामा आत्महत्या न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,चैत्र १५ ।गोकर्णेश्वर नगरपालिकामा  आत्महत्या न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ शनिबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटि एवम् महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी बिट जोरपाटीको आयोजनामा जोरपाटी चामुण्डा मन्दिर रहेको शेर्पा पार्टी प्यालेसमा आयोजित आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रममा प्रमुख अतिथिको रुपमा महानगरीय प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिहं रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब बहादुर गुरुङ वडा नं ६का वडा अध्यक्ष रमेश अर्याल   सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटिका अध्यक्ष नवराज लामा, समाजसेवी दिपकसिंह भण्डारी,  महानगरीय प्रहरी प्रभाग बौद्का कार्यलय प्रमुख  प्रहरी  नायब उपरीक्षक  नबिन कार्की   प्रहरी अस्पतालका मनो चिकित्सक आशिष दत्त लगायत  बिभिन्न कलेज तथा स्कुलका प्राचार्यहरू, विद्यार्थी, अविभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समुहका प्रतिनिधि एवम् स्थानीयहरुको उल्लेख्य सहभागितामा रहेको थियो। कार्यक्रम संचालन प्रहरी नयाब निरीक्षक पिताम्बर पराजुलीले गरेका थिए ।

 

कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिहंको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सिंहले नागरिकहरु बर्दी विनाका प्रहरी भएकोले सामाजिक सुरक्षा र सुव्यवस्था कायम गर्न नागरिक, प्रहरी र राज्यका निकायहरुका बीचमा सुसम्वन्ध र सहकार्य आवश्यक रहने बताएका थिए । उनले  आत्महत्या सामाजिक समस्या भएकोले बढ्दै गईरहेको आत्महत्या जस्ता घटनाहरु न्युनीकरणमा सबै पक्ष सचेत भएर अगाडी बढेमात्र सफलता हासिल हुने बताएका  थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले पछिल्लो समयमा आत्महत्या गर्ने क्रम बढदै गएको र यसलाई न्यूनिकरण गर्न सरकारको तिनवटै निकायले विशेष कार्यक्रम बनाएर गाँउ–गाँउमा टोल–टोलमा आत्महत्या लगायत अन्य अपराधिक क्रियाकलापलाई निरूत्साहित पार्न विशेष कार्यक्रम संचालन गर्नु पर्ने कुरामा जोड दिएका थिए । नगर प्रमुख चालिसेले आत्महत्या विशेषगरी व्यापारमा असफल, प्रेममा असफल भएर, मासिक तनाव र चिन्ता साथै गरिवी र घरेलु हिंसाबाट हुने गरेकोले यस्तो कार्य हुन नदिन सबै सजग हुने पर्नेमा  जोड दिदै आत्महत्या जस्तो घटनालाई कम गर्न नगरपालिकाले सामाजिक मनो परामर्शदाता पनि नियुक्त गरेर नगरले सचेतना कार्यक्रम गरिरहेको र आगामि दिनमा पनि प्रभावकारि ढङ्गबाट अगाडि बढाउने कुरामा प्रतिबद्धता ब्यक्त गरेका थिए । त्यसै गरि कार्यक्रमलाइ सम्बोधन गर्दै

नगर उप प्रमुख शान्ति नेपालले लैंगिक हिंशा, पारिवारिक हिंशाका कारण आत्महत्या गर्ने महिलाहरुको संख्या बढीरहेको तथ्यांकले देखाईरहेकोले लैंगिक हिंशा, पारिवारिक हिंशा जस्ता हिंशा न्युनिकरणमा जोड दिएकी थिइन् । वडाअध्यक्षहरुको तर्फ बाट सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष  रमेश अर्यालले नागरिकहरुको हक हीतको पक्षमा स्थानीय सरकारहरुले काम गरिरहेकोले आत्महत्याको जोखिम बढ्नु सामाजिक स्वास्थ्यको लागि राम्रो नभएको बताउदै यसको न्युनिकरणका लागि सबै पक्षका बिचमा सहकार्यको आवश्यकता औंल्याउएका थिए  ।

सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटिका अध्यक्ष नवराज लामाले यस क्षेत्रमा आत्महत्याका घटनाहरु बढीरहेको तथ्यांक आएकाले नागरिकहरुलाई सचेत बनाउन आत्महत्याको बारेमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी गराए । कार्यक्रमका प्रहरी अस्पतालका मनो चिकित्सक आशिष दत्तले आत्महत्याको बारेमा सचेतनामुलक प्रस्तुति प्रस्तुत  गरेका थिए ।कार्यक्रममा  बोल्ने अन्य सहभागि वत्ताहरुलेनेपालमा बढ्दै गईरहेको आत्महत्याको घटनाहरुलाई न्यूनिकरण गर्न सचेतनापूर्वक सरोकारवालाहरु बीचमा सहकार्यको आवश्यकता रहेकोमा जोड दिदै  बढ्दो आत्महत्याका बारेमा सबै पक्ष सचेत नहुने हो भनें स्थिती विकराल हुने संभावना रहेको बताएका थिए  ।

फोटो : आशिष तामाङ

तपाइँको प्रतिक्रिया ।