कपन ह्यान्डबल मैदानमा प्याराफिट सहितका संरचना निर्माण शुरु
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १५।
कपन ह्यान्डबल मैदानमा प्याराफिट सहितका संरचना निर्माण शुरु भएको छ। २०७७ शाल फागुन ३ गते P.S.-SHC-GSHC (J/V) संग सम्झौता भएर निर्माणको काम अगाडी बढेको हो।
पहिलो चरणमा करिव ९ करोडको लागतमा उक्त मैदानमा प्याराफिट ,चेंजिंग रुम , चमेना गृह र पार्किंग लगायतका संरचना १८ महिना भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ।
बुढानिलकण्ठ नगरपालि कपन क्षेत्रको महत्वपूर्ण खेलकुद संरचनामा १ हजार दर्शक क्षेमताको अन्तरास्ट्रिय स्तरको ह्यान्डबल मैदान सहित अन्य खेलकुदका संरचना पनि निर्माण गरिनेछ।
तपाइँको प्रतिक्रिया ।