Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/164628172_847860562461540_3575716987399344655_o-e1616574050524.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/164557866_847860302461566_8750557609850238274_o-e1616574221146.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र ११। कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । मंगलबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ र घनामंगल युथ फोरम फर सोसाइटीको संयुक्त आयोजना तथा वि.पी नेत्र प्रतिष्ठान बाल आँखा ,नाक, कान,घांटी अस्पताल एबम पुन:स्थापना सेवा मनोहरा भक्तपुरको  प्राबिधिक सहयोगमा   गरिएको  सो स्वास्थ्य शिविरको वडा नं.७ का वडा अध्यक्ष जीवन थापाले उद्घाटन  गरेका थिए ।

स्वास्थ्य शिबिरमा आँखा, नाक, कान र घाँटीको नि:शुल्क  परीक्षण गरिएको थियो ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ अमरसिंह चोक स्थित कभर्ड हलमा बिहान १० बजे देखि सुरु भएको उक्त शिबिर दिउसो २ बजे सम्म चलेको थियो  । शिबिरमा १ सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष थापाले जानकारी गराए ।

स्वास्थ्य परिक्षण गरिएका मध्ये २० जनालाई शल्यक्रियाका लागी रिफर गरिएको र ५८ जनालाई चश्मा निशुल्क रुपमा बितरण गरिएको समेत जानकारी गराए  ।कार्यक्रममा ७ नं. वडाका जनप्रतिनिधिहरु, वडा सचिव श्रुति नेपाल, समाजसेवी राम न्यौपाने, घनामंगल युथ फोरम फर सोसाइटीका अध्यक्ष भिमसेन न्यौपाने, सामाजिक अभियन्ता अञ्जु श्रेष्ठ लगायत वडाबासीहरुको सहभागिता रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।