स्वास्थ्य सुरक्षा साबधानी अपनाउन नगरबासीमा गोकर्णेश्वर नगरपालिकाको अनुरोध
कपन अनलाइन
काठमाडौँ, चैत्र ११। गोकर्णेश्वर नगरपालिकाले साबधानी अपनाउन सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको उक्त सुचनामा दोस्रो चरणको कोरोना भाइरस कोभिड-१९ को संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन नगरबासीमा अनुरोध गरेका हुन् ।
जारी गरिएको सुचनामा भनिएको छ,विश्व भरि महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड-१९ को दोस्रो चरणको संक्रमण छिमेकि मुलुक भारत लगायतका देशमा फैलदो क्रममा रहेकाले नेपालमा समेत संक्रमण फैलने सम्भावना देखिएको हुँदा भयावह स्थिति आउनु भन्दा अगावै बिद्यालय, कलेज लगायतका शिक्षण संस्था र अत्याधिक भिड भाड हुने स्थानमा जम्मा हने ब्यक्ति लगायत सम्पूर्ण नगरबासीहरुले अनिवार्य रुपमा माक्सको प्रयोग गर्न पटक पटक साबुन पानीले हात धुन र भौतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा साबधानी अपनाउन अनुरोध गरिएको छ ।