'रूपान्तरित संसद'को बाटोमा दलहरू

१२ जेठ, काठमाडौ । संविधानसभाको म्याद थप गर्ने सम्भावनालाई सर्वोच्चले अङ्कुश लगाएपछी तीन दल र मधेषी मोर्चाको आज बिहान बसेको बैठकले रूपान्तरित संसदद्धारा संविधान निर्माण गर्ने सहमति गरेका छन् । 

दलहरूबिच अहिलेसम्म दलहरूबिच भएको सहमतिलाई समावेश गरेर जेठ १४ मा संविधान जारी गर्ने र अन्य बाकीँ रहेका विवादित विषयलाई रूपान्तरित संसदबाट जारी गर्ने सहमति गरेका हुन् । प्रचण्ड निवास लाजिम्पाट आज बसेको तीन दल र मधेषी मोर्चाको बैठकमा जेठ १४ भित्र पूर्ण संविधान दिन नसकिने भन्दै रूपान्तरित संसदमा जानका लागी सहमति भएको हो ।
दलहरूको आज दिउँसो बस्ने बैठकले प्रदेशको संख्या र नाममा सहमति जुटाउने प्रयास गरिने भएको छ।
तपाइँको प्रतिक्रिया ।