एल्बम "सा द फर्स्ट नोट" को लोकापर्ण

संगीतकार सचिन सिंहको एकल संगीत रहेको पछिललो गीति एल्बम “सा द फर्स्ट नोट” को गत शनिबार लोकापर्ण भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा संगीत नाट्यकला एकेडेमीमा कुलपति अम्बर गुरुङले एल्बमको लोकापर्ण गर्नुभएको हो । राजु तामाङ र बेनुका राईको स्वरमा रहेको उक्त एल्बममा नौ वटा गीतहरु समेटिएका छन् । संगीतकार सचिन सिंहले एल्बममा नौ वटै गीतहरु संगीतका हिसाबले फरक फरक स्वादका रहेको दाबी गर्नुभयो । एल्बममा दिनेश अधिकारी, श्रवण मुकारुङ , आनन्द अधिकारी, भूपेन्द्र खड्का, शशी गुनाम, दयाहा राई, करुणा थापा र किशोर थापाका गीतहरु स्वावद्ध गरिएका छन् । सचिन सिंहको “सा द फर्स्ट नोट” लाई हाम्रो शुभकामना ।

तपाइँको प्रतिक्रिया ।