आधुनिक दासता विरुद्धका सवालमा शक्ति समुहको संचारकर्मीहरु संग अन्तरक्रिया
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ९।
आधुनिक दासता विरुद्धका सवालमा शक्ति समुहको संचारकर्मीहरु संग अन्तरक्रिया सम्पन्न भएको छ। काठमाण्डौ अनामनगरमा रहेको युनियन हाउसमा भएको अन्तरक्रिया कार्यक्रममा छापा ,प्रसारण र अनलाइन संचार मध्यममा कार्यरत करिव ३० जना संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा आधुनिक दासता र यसका विभिन्न आयामहरुका वारेमा संचारकर्मी पवित्रा गुरागाईले प्रस्तुतीकरण दिएकी थिइन् भने खुल्ला छलफलको संयोजन नेपाल प्रेसका प्रधान सम्पादक तथा संस्थाका प्रेस सल्लाहाकार मात्रिका पौडेलले गरेका थिए।
शक्ति समुहका कानुन तथा तालिम संयोजक दिलिप कोइरालाले कार्यक्रम माथि प्रकास पारेका थिए भने समुहका सल्लाहकार बरिस्ट पत्रकार टंक पन्तले नेपालमा मानव बेच बिखनको सवालमा संचार मध्यमले खेलेको भूमिका र योगदानको वारेमा चर्चा गरेका थिए।
त्यस्तै अन्तरक्रिया कार्यक्रमको समापन गर्दै शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामांगले आधुनिक दासता र मानव बेच बिखनका मुद्दाहरुलाई स्थापित गर्नका लागि संचार माध्यमको निकै ठुलो भूमिका रहेको धारणा राखेकी थिइन्।
पछिल्लो समय मानव बेच बिखनको स्वरूप र बाटो फरक भएकोले त्यस तर्फ सरोकारवाला निकायको ध्यानकर्षण गर्नका लागि संचार माध्यमको भूमिका निकै गहन हुने बताउदै उनले अवका दिनमा घटना प्रधान भन्दा पनि वकालतको क्षेत्रमा संचार माध्यमले कलम चलाउनु पर्नेमा जोड दिएकी थिइन्।