उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल

उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल

कपन अनलाइन

काठमाडौं चैत्र २ ।उद्योग संगठन मोरङको १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।संगठनको शनिबार  सम्पन्न ४८औँ साधारणसभाले १७ औँ कार्यसमिति चयन गरेको हो । उद्योग संगठन मोरङको अध्यक्षमा सुयस प्याकुरेल निर्विरोध चयन भएका छन । अध्यक्ष प्याकुरेल सर्वसम्मतिबाट छानिएका हुन् । विसं २०२४ मा उद्योगी जुद्धबहादुर श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित संगठनको कार्यसमिति १७ सदस्यीय हुने प्रावधान छ । कम्तीमा एक महिलासहित तीन सदस्य अध्यक्षले मनोनयन गर्ने छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका तथा उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल एवं कोषाध्यक्षमा विपीन काबरा निर्विरोध छानिएका छन् । त्यस्तै, सदस्यहरुमा सुनीलकुमार धनावत, पारस लुनिया, इन्द्रराजन खत्री, सुवोध कोइराला, सौरभ सारडा, तारानाग निरौला, सुरेन्द्र गोल्छा र सुदीप घिमिरे निर्विरोध  चुनिएका छन् ।

तपाइँको प्रतिक्रिया ।