चाकरीको मात्रा नमिलाउदा बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा टिकेनन

चाकरीको मात्रा नमिलाउदा बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा टिकेनन

कपन अनलाइन

काठमाडौं ,चैत्र २।

बुढानिलकण्ठका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाको सरुवा भएको छ। बुढानिलकण्ठ नगरपालिकामा कार्यसम्पादनलाई प्रभावकारी बनाउदै नगर प्रमुखले निरन्तर भन्दै आएका पांच खम्बा मध्ये एक सुशासन कायम गर्ने भन्दै आएका सापकोटा चाकरी गर्न नजान्दा समय भन्दा अगावै सरुवा भएको चर्चा अहिले नगरपालिकामा चल्न थालेको छ।

नगरपालिकामा लामो समय देखि मालदार र आकर्षक शाखामा बसेर राम्रै तर मारेका केहि कर्मचारीहरुलाई डण्डा चलाएका सापकोटाले विधि विधान भन्दै आवरणमा नगर प्रमुख निकट बनेको नाटक गरे पनि पर्दा पछाडी उनलाई असफल बनाउन न्वारन देखिको बल निकालेर समुहबन्दीको निरर्थक प्रयास गर्ने वडा अध्यक्षहरुलाई चाकरीको मात्र नपुर्याउदा सरुवा हुनु परेको एक कर्मचारीले बताए।

वारम्बार प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदा नगरपालिकाको कार्यसम्पादन र सेवा प्रवाहमा अशर परेको बताउदै ति कर्मचारीले हाकिम परिवर्तनले कर्मचारीमा स्वेच्छाचारिता र लापरवाही निकै बढेको अनुभव भएको भन्दै चिन्ता ब्यक्त गरेका छन।

पटक पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा यसले नगरपालिकाको छवीमा निकै नकारात्मक अशर पुगेको बताउदै नगरपालिकाका एक साल्लाहकारले नगर प्रमुख कै वरिपरी रहेका पात्र र प्रवृतिहरुको नाम कर्मचारी सरुवा जस्ता कुरामा चर्चामा आउनु सुखद संकेत नभएको धारणा राखेका छन।

यस भन्दा अघि पनि नारायण रिसाल बाहेक हरेक प्रमुख प्रशासकीय अधिकृतको सरुवामा नगरपालिकाका जनप्रतिनिधि र सल्लाहकारहरु संगका विविध प्रकरण जोडिएर आउने गरेको स्मरण गर्दै एक वडा अध्यक्षले यसका वारेमा नगर प्रमुखले गम्भीर भएर चिन्तन मनन गर्नुपर्ने बताएका छन।

त्यस्तै सापकोटाको सरुवाको खबरले नगरपालिकाका कामचोर कर्मचारीहरुमा निकै खुसियाली छाएको बताउदै एक कार्यपालिका सदस्यले अन्य कर्मचारी भने दुखित भएको प्रतिक्रिया दिएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।