बुढानीलकण्ठ नगरपालिकामा कृषकहरुलाई प्लाष्टिक टनेल वितरण

बुढानीलकण्ठ नगरपालिकामा कृषकहरुलाई प्लाष्टिक टनेल वितरण

कपन अनलाइन

काठमाडौं ,चैत्र २

बुढानीलकण्ठ नगरपालिकामा कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ। नगरप्रमुख उद्दव प्रसाद खरेलले  सोमबार देखि प्लाष्टिक टनेल वितरण कार्यक्रम  सुरु  गरेका हुन् ।

नगरपालिका कृषी विकास शाखाको आर्थिक बर्ष २०७७\७८ को स्वीकृत आन्तरिक तर्फको ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण कार्यक्रमको लागि मङ्सीर महिनामा प्रकाशित सुचना अनुसार परेका आवेदनको आधारमा  कृषक\ कृषक समुह\कृषी सहकारी र कृषी फर्महरुलाई छनौट गरी वितरण गर्न सुरु गरिएको  छ।

कृषी विकास शाखा प्रमुख लक्ष्मी घर्तिका अनुसार  १०० मिटर बराबरको २८ रोल प्लाष्टिक टनेल वितरण हुदैँ छ। जसमा नगरपालिकाका विभिन्न वडामा रहेका १७ वटा कृषी फर्म , १ कृषी सहकारी, १ जना कृषक लगायत १ कृषक समुहहरुलाई उहाँहरुको आवश्यक्ता  माग अनुसार प्लाष्टिक टनेल पाउने छन्।

तपाइँको प्रतिक्रिया ।