स्टुडेन्ड एकेडेमीलाई कबड्डी उपाधि

स्टुडेन्ड एकेडेमीलाई कबड्डी उपाधि

कपन अनलाइन

काठमाडौं ,फागुन २५ ।

साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा साइनिङले चमतिलाई ३५–१६ ले पराजित ग¥यो । उपाधिसंगै साइनिङले १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो भने चमतिले १० हजार नगद पुरस्कार हात पा¥यो ।
अखिल नेपाल कबड्डी संघद्वारा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित प्रतियोगितामा बागेश्वरी र पद्यमकन्या संयुक्त रुपमा तेश्रो भए । दुवैले ५ हजारका दरले नगद पुरस्कार पाए ।
विजेतालाई महिला, बाल वालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राखेपका सदस्यत्रय सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ र नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो । एकदिने प्रतियोगितामा ४ टिम सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।