तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा अर्किड च्याम्पियन

तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा अर्किड च्याम्पियन

कपन अनलाइन

काठमाडौं ,फागुन २५ ।

काँडाघारीस्थित अर्किड स्कुल तेश्रो बोधी सदन टिचर्स फुटसल प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
मण्डीखाटारस्थित कान्तिपुर फुटसलमा भएको प्रतियोगिताको फाइनलमा अर्किडले आयोजक बोधी सदनलाई पेनाल्टी सुट आउटमा ५–३ गोलले पराजित ग¥यो । पेनाल्टीमा अर्किडबाट दिलकुमार तामाङ, उमेश कट्वाल, संगम कार्की, सरोज तामाङ र बसन्त ढकालले गोल गरे ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । सेमिफाइनलमा अर्किडले डाफोडिललाई हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एकदिने प्रतियोगितामा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।