नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बलपार्क र बासुलिङको पहिलो जित

नेपाल पाकिस्तान फ्रेन्डसिप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा बलपार्क र बासुलिङको पहिलो जित

कपन अनलाइन

काठमाडौं ,फागुन २५ ।

नेपाल पाकिस्तान फ्रेन्डसिप  टी(ट्वान्टी क्रिकेट प्रतियोगितामा बल पार्क क्रिकेट एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका छन् ।
धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा सोमबार भएको खेलमा बल पार्क एकेडेमी र बासुलिङ क्रिकेट एकेडेमीले जित निकालेका हुन्।
पहिलो खेलमा बल पार्कले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ४ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५६ रन बनायो ।
काठमाडौंको लागि सचिन लेखकले अविजित रहदै अर्धशतकीय पाली खेले । उनले सर्बाधिक ८१ रन जोडे भने विशाल श्रेष्ठले २७ रन जोडे ।
बल पार्कका विशाल मण्डल र शशांक अग्रवालले समान २(२ विकेट लिए ।
काठमाडौं क्रिकेटले दिएको १ सय ५७ रनको लक्ष्य  बल पार्कले १५ ओभरमा ६ विकेट गुमाउदै प्रतियोगितामा पहिलो जित दर्ता गरायो ।
बल पार्कको जितमा कप्तान तथा म्यान अफ दि म्याच प्रशन्न शाक्यले अर्धशतकसहित ८५ रन जोडे । यस्तै निर्भिक पाठक र मेहूल श्रेष्ठले समान १७ रन जोडे ।

काठमाडौंको लागि निराजन पुम्रेले  ३ विकेट लिए । यस अघिको खेलमा बल पार्क बालुवाटार क्रिकेट क्लबसँग पराजित भएको थियो ।
दोस्रो खेलमा बासुलिङले स्कुल अफ क्रिकेटलाई ५ विकेटले हरायो ।
टस जितेर ब्याटिङ रोजेको स्कुल अफ क्रिकेटले ८ विकेट गुमाउदै १ सय ६४ रन बनायो । उसको लागि सर्बोच्च बस्नेतले ३२ र रोशन पलामीले २४ रन बनाए । बासुलिङका लागि राजेश यादब, डब्लु मालिक र प्रकाश शाहिले समान २(२ विकेट लिए । स्कुल अफ क्रिकेटले दिएको १ सय ६७ रनको लक्ष्य एक बल बाँकी रहदा पूरा गर्यो  ।
बासुलिङलाई जिताउन डब्लु मलिकले अविजित रहदै ३२ बलमा ५९ रन बनाए । उनी म्यान अफ दि म्याच समेत    चुनिए । यस्तै सहिल पटेलले ३० रन बनाए । बासुलिङको लागि जनक हुमागाईले दुई विकेट लिए ।
पाकिस्तान दूतावासले आयोजना गरेको छैटौं संस्करणको यस प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ

तपाइँको प्रतिक्रिया ।