जिल्ला स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाइ

जिल्ला स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाइ

कपन अनलाइन

दोलखा  ,फागुन २५ /सुकु शेर्पा

दोलखा रामेछाप जिल्ला स्तरिय अन्तरपालिका महिला भलिबल प्रतियोगिता सोमबार महिला दिबसको दिन दोलखाको जिरीमा सम्पन्न भएको छ । २२ गतेदेखी सुरु भएको प्रतियोगिता २४ गते जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलद्वारा समापन भएको हो ।

दोलखा र रामेछाप गरि ८ टिमको सहभागिता रहेको प्रतिस्पर्धामा जिरी नगरपालिका प्रथम भएको छ । दोस्रो बिगु गाउपालिका सङ्गै तेस्रो भने गोकुलगंगा गाउपालिका रामेछाप भएको छ ।

प्रथम द्वितीय र तृतीयले क्रमशः पचास हजार , चालीस हजार र बीस हजार नगद सहित सिल्ड मेडल र प्रमाणपत्र समेत प्राप्त गरेको छ । यसैगरी उत्कृष्ट सेटर , उत्कृष्ट स्पाइकर , उत्कृष्ट सर्भर , उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्डरलाइ पनि सिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

सो  अवसरमा गत वर्ष २०१९ मा नेपालमा आयोजित १३ औ साग खेलकुद अन्तर्गत पोखरामा सम्पन्न महिला ह्याण्डबल खेल विधा तर्फ नेपालबाट प्रतिनिधित्व ,गरि नेपालको ह्यान्डबल इतिहासमा ऎतिहासिक सफलताका साथ द्वितीय स्थान हासिल गर्न सफल भएको जिरी नगरपालिकाका आइत ल्हमु शेर्पालाइ पनि सम्मान स्वरुप १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको खेलकुद समिती जिरिका अध्यक्ष नुर्बु शेर्पाले बताएको छ ।

नगरस्तरिय युवा तथा खेलकुद समिती जिरीद्वारा आयोजित प्रतियोगिता खेलकुद समिति जिरीका अध्यक्ष नुर्बु शेर्पाको अध्यक्षतामा भएको हो । सो प्रतियोगितामा जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी , नेकपा जिरी नगर कमिटिका सचिव टपेन्द्र खड्का ,नेपाली का. नगर सभापती शोनाम शेर्पा , जिरी नगरपालिकाका शिक्षा अधिकृत लक्ष्मी प्रसाद रिजाल जिरी प्राविधिक शिक्षालयका अधिकृत अन्जना घिमिरे , इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक बिष्णु खड्का जिरी उमाविका प्रधानाध्यापक केशब कुमार कार्की सङ्गै प्रमुख अतिथिको रुपमा बिगु गाउपालिकाका उपाध्यक्ष सन्जिब ओलि लगायतको उपस्तिथिमा सम्पन्न भएको संयोजक नुर्बु शेर्पाले बताएका छन।

(सुकु शेर्पा  सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।