बुढानिलकण्ठ नगरपालिकाका १५५२ जनाले कोरोना विरुद्धको खोप लगाए
कपन अनलाइन
काठमाडौं ,फागुन २४।
बुढानिलकण्ठ नगरपालिकाका १५५२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन। फागुन २३ र २४ गते नगरपालिकाका नगरवासीहरुले दुई स्थानमा कोभिड -१९ विरुद्धको खोप लगाएका हुन् ।
फागुन २३ गते गंगालाल अस्पतालमा -५४० र करुणा अस्पतालमा १९९ जना गरि ७३९ जनाले खोप लगाएका छन भने
२४ गते गंगालाल अस्पतालमा -५४० र करुणा अस्पतालमा २७३ जना गरि जम्मा-८१३ जनाले खोप लगाएका छन ।
तपाइँको प्रतिक्रिया ।