युवा खेलाडी प्रिति राईलाई कपअन स्पोर्ट्स सेन्टरको सम्मान

युवा खेलाडी प्रिति राईलाई कपअन स्पोर्ट्स सेन्टरको सम्मान

कपन अनलाइन

काठमाडौं,फागुन २४ ।

१११ औं अन्तराष्टिय महिला दिवसको अवसर पारेर काठमाडौंको कप अन स्पोर्ट्स  सेन्टरले युवा महिला खेलाडी प्रिती राईलाई नगद रु ५,००० ( पाँचहजार) सहित सम्मान पत्रले सम्मान गरेको छ ।

स्पोर्ट्स सेन्टरको परिसरमा आयोजित कार्यक्रममा राईलाई सेन्टरका अध्यक्ष नविन पाण्डे, टर्किस एरलायन्सका प्रमुख कार्यकारी अब्दुल्लाह तथा फुटबल प्रशिक्षक लि समेतले सम्मानित गरेका थिए ।

कार्यक्रमा कप अन स्पोर्ट्स सेन्टरका  प्रमुख कार्यकारी अधिकृत बद्रि भट्टराईले बुढानिलकण्ठ भित्रका धेरै प्रतिभाहरु मध्येका एक प्रिती राईलाई केहि दिन अघि सम्पन्न उपमेयर कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको र युवा खेलाडीका रुपमा उनको खेलकौशलको सम्मान गर्दे नारी दिवसको अवसरमा उनलाई कदर गरिएको बताएका थिए  ।

स्र्पोटस सेन्टरका अध्यक्ष तथा फुटबल विश्लेषक नविन पाण्डेले खेलाडीहरुको उर्जालाई कायम गराईराख्न यस्ता प्रोत्साहन कार्यहरु गरिराख्नु पर्ने बताए । सम्मान कार्यक्रममा सेन्टरका सञ्चालक एवम् न्यु मिलिनियम कलेजका डाइरेक्टर दिपकराज जोशी, अन्तराष्ट्रिय ह्याण्डबल खेलाडी आशिष  अधिकारी सञ्चालक निरन्जन खड्का लगायत नेपाली फुटबलका पूर्व राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।