नारी दिवसको अवसरमा एमनेस्टी ईन्टरनेशनल नेपाल समूह-८० को अन्तरक्रिया कार्यक्रम सम्पन्न

नारी दिवसको अवसरमा एमनेस्टी ईन्टरनेशनल नेपाल समूह-८० को अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,फागुन २४।

१११ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा  एमनेस्टी ईन्टरनेशनल नेपाल समूह-८० द्वारा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको प्राङ्गणमा आयोजित अन्तरक्रिया कार्यक्रम कार्यक्रम समूह ८० कि संयोजक रीता थपलियाको सभापतित्व र ए आई नेपालका केन्द्रिय अध्यक्ष बिक्रम ढुकुछुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

अन्तरास्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा ए आई नेपालका पुर्ब केन्द्रिय अध्यक्ष सुर्य बहादुर अधिकारी, सामाजिक अभियान्ता दिनेश खनाल, ए आई नेपालका कोषाध्यक्ष सुरेश उपाध्याय, ए आई नेपाल मिडिया ग्रुपका संयोजक तथा मिडियाकर्मी मुकुन्द ढुंगाना, एच टि भि खबरका प्रमुख सबिन पन्त, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष झम्कनाथ पराजुली, ए आई नेपालको पुर्ब केन्द्रिय सदस्य पासाङ शेर्पा,सज्जन महिला सहकारी कि अध्यक्ष सिमा पुरी, समूह ८० का पुर्ब संयोजक मनोज अधिकारी तथा दिपक अधिकारी , कपन जेसिजका अध्यक्ष नवराज बन, जोसेफ युथ नेटवर्क कि अध्यक्ष सुजा सुनुवार, युनाईटेड युथ नेटवर्कको अध्यक्ष बिबेक श्रेष्ठ, कपन जुनियर जेसिजका अध्यक्ष सुयेक गुरुङ लगायत जोसेफ कलेज कक्षा ११ र १२ का बिध्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन जोसेफ कलेजका लेक्चरर गोपी सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

उक्त  कार्यक्रममा महिला अधिकार र संरक्षणको बिषयमा समूह ८० कि संयोजक रीता थपलियाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने प्रमुख अतिथी तथा विशेष अतिथिहरुले महिला अधिकारको बिषयमा आफ्नो धारणा राराखेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।