कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८का एकल महिलाहरु सम्मानित

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८का  एकल महिलाहरु सम्मानित

कपन अनलाइन 

काठमाडौं, फागुन २३।कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ले एकल महिलाहरुलाई सम्मान गरेको छ।  महिला सुरक्षा सम्मान र रोजगार :समृद्द नेपालको आधार भन्ने नारा सहित  १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक अधिकार दिवसको अवसरमा आयोजित महिलाको कानुनी  अधिकार सम्बन्धि सचेतना तथा एकल महिला  सम्मान कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ले गोठाटारमा आयोजना गरेको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले एकल महिलाहरुलाई दोसल्ला ओढाई  सम्मान  गरेका हुन्  ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै  नगर प्रमुख थापाले आफ्नो हक, अधिकारका लागी महिलाहरु जागरुक हुनुपर्ने बताउदै नगरपालिका महिला, बालबालिका, जेष्ठ नागरिक लगायत लक्षित बर्गको हक, हितका लागी लागिपरेको  जानकारी गराए। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ का का.बा.अध्यक्ष अष्टलाल श्रेष्ठ लगायत ८ नं. वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र महिला सञ्जालका सदस्यहरु र एकल महिलाहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।