प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२ मा फुड फेस्टीभल

प्रशान्ति एकेडेमी बुढानिलकण्ठ -१२ मा फुड फेस्टीभल

कपन अनलाइन
काठमाडौं, फागुन २३ ।

प्रशान्ति एकेडेमी बुनपा १२ कपनले आफ्ना विद्यार्थीहरुको सिपलाई उजागर गर्न अभिभावकहरुको उपस्थितीमा फुड फेस्टीभल आयोजना गरेको छ।

कक्षा छ, सात र आठका  विध्यार्थीहरुलाई पेसा व्यावसाय र प्रविधी शिक्षा अन्तर्गत पाक शिक्षामा जानेका कला र सिपलाई प्रयोगमा ल्याउन  विधालयलेफागुन २१ गते सुक्रवार सो कार्यक्रम आयोजना गरेको हो।उक्त कार्यक्रममा विध्यार्थीहरुद्वारा वनाईएको विभिन्न खानाका परिकारहरु  फरक फरक स्टलमा राखी प्रदर्सनी तथा सुलभ मुल्यमा विक्री समेत गरेका थिए।

फुड फेस्टीभलमा  हीमाल, पहाड र तराईमा पाईने खानाको परिकारहरु तयार गरेर  १४ वटा स्टलहरु राखीएको विद्यालयक प्रिन्सिपल समिर बास्तोलाले जानकारी दिएका छन ।

उनले  गत साल २०७६ साल पनि कक्षा ६,७ र ८ का विद्यार्थी भाइ बहिनीहरुले यसै अनुरुप प्रदर्शनी र प्रयोग गरि मनाईएको फुड फेस्टीभलको  दोस्रो संस्करणमा आगन्तुकलाई स्वागत गर्दै विध्यालयका प्रिन्सिपल समिर वास्तोलाले यस्ता कार्य वाट विध्यार्थीको प्रयोगात्मक शिक्षामा हौसला वढेको वताए।

विध्यालयले आगामी दीनमा नया स्वरुपको विध्यालय, निती, कार्यक्रमहरुका साथ विभीन्न धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी हुने र सो प्रदर्शनी तथा कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको बताएको छ ।

तपाइँको प्रतिक्रिया ।