रसुवाको आमछोडिङमो गाउँपालिकामा लोसार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

रसुवाको आमछोडिङमो गाउँपालिकामा लोसार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन
काठमाडौं, फागुन २३/सुजन तामाङ्ग

राष्ट्रिय संगितकर्मि संघ जिल्ला कार्य समिति रसुवाको आयोजनमा आमछोडिङमो गाउँपालिकामा बृहत लोसार तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सो  कार्यक्रममा  आमछोडिङमो गाउँपालिकाका  प्रमुख बुजुङ तामाङ्ग, उप प्रमुख नविन लामा सहित विभिन्कोन राजनीतिक दलका नेताहरु र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

“आफ्नो मौलिक परम्परा र संस्कृति जगेर्ना गर्ने हेतुले  कार्यक्रम आयोजना गरिएको बताउदै राष्ट्रिय संगितकर्मि संघ रसुवाको अध्यक्ष दावा फिन्जो तामाङ्गले रसुवामा लुकेर बसेको कलाप्रेमीहरुलाई प्रोत्साहन र हौसला दिन का निम्ति साथै रसुवाको स्थानिय भेसबुसा परम्परालाई राष्टिय तथा अन्तरा्ट्रिय स्थरमा चिनाउन मदत पुगोस् भनेर  कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन।

कार्यक्रममा राष्ट्रिय स्तरमा  ख्याति प्राप्त कलाकारहरु र स्थानीय कलाकाहरु बेजोड प्रस्तती रहेको थियो भने कार्यक्रममा स्थानीय  झाँकी नाचहरुको पनि झल्को हुने गरी स्याब्रु नाच देखि लिएर विभिन्न लोपउन्मुख नचगानहरु प्रस्तुत गरिएको थियो ।

(सुजन तामाङ्ग सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।