काठमाडौं क्षेत्र नं ५ मा हुने हरेक गतिविधिमा सक्रिय सहभागी बन्छु :उपप्रधानमन्त्री ईश्वर पोखरेल

काठमाडौं क्षेत्र नं ५ मा हुने हरेक गतिविधिमा सक्रिय सहभागी बन्छु  :उपप्रधानमन्त्री ईश्वर पोखरेल

कपन अनलाइन

 काठमाडौं फागुन २० ।बुढानिलकण्ठ नगरपालिकामा नगर स्तरीय दैवीप्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ। च्यासुनडोल युवा क्लवको आयोजना,बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को संयोजन र नेपाली सेना विपद व्यवस्थापन १ नं गणको सहकार्यमा संचालन भएको तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै नेपाल सरकारका उप प्रधानमन्त्री ईश्वर पोखरेलले सानो तर ठुलो संदेश दिने  काम भएको  बताए। उनले नेपाली सेनालाइ धन्यबाद दिदै कुनै पनि दुर्घटना तथा विपद आइपरेको  खण्डमा न्युनतम क्षति अथवा सके शुन्य क्षति बनाउन यस्ता खाले तालिमले  सहयोग पुर्याउने बताएका थिए। उनले नेपाली सेना नेपाली जनता संग सधै भरि गासिएर रहेको बताउदै नेपाली जनताका सुख दुखमा साथ् दिदै आएको पनि बताए।

 नेपाली सेनाले बाहय सुरक्षा, आन्तरिक सुरक्षा, विपत व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, महत्वपुर्ण संरचना तथा अति विशिष्ठ तथा विशिष्ठ व्यक्तिको सुरक्षा तथा विभिन्न देशमा शान्ति स्थापना लगायत क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको उल्लेख  गर्दै विपद व्यवस्थापनको लागि गरिएको  तालिमको प्रसंशा गरेका थिए।

  उनले स्थानिय ज्ञान र सिपको प्रयोग गरि विपद व्यवस्थापनमा लाग्न तालिम प्राप्त युवाहरु लाइ अनुरोध गर्दै विपत व्यवस्थापनमा आवश्यक पर्ने थप  उपकरण र सामाग्री उपलब्ध  गराउनआफुले पहल गर्ने   बताउदै तालिममा सिकेका कुरालाई विपद् आइपर्दा खोज तथा उद्दार कार्यमा प्रयोग गर्न आग्रह  समेत गरेका थिए ।

उनले आफु उपप्रधानमन्त्री मात्र नभएर काठमाडौं क्षेत्र नं ५ को जनप्रतिनिधि पनि भएकोले यहाँ हुने हरेक गतिविधिमा सामेल हुने प्रतिबद्धता जनाए । साथै जनप्रतिनिधिहरुलाई खबरदारी गर्न पनि  आग्रह गरेका थिए  । उनले सो  क्षेत्र मा भए गरेका  विकास र निर्माणको कामको स्थानीयलाई   चासो राख्न आग्रह गर्दै  क्लवले उदाहरणिय कार्य गरेको भन्दै आगामी दिनमा क्लबले  गर्ने  काममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न प्रतिबद्धता जनाएका थिए  । काठमाडौं क्षेत्र नं ५ का संघ संस्था र प्रतिनिधिहरुलाई ठोस कार्यक्रम र योजना ल्याउन आग्रह गर्दै उनले सबैको एकीकृत पहलमा मात्र विकास हुने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।