नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ ले आवासीय प्रशिक्षण आयोजना गर्ने

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ ले आवासीय प्रशिक्षण आयोजना गर्ने

कपन अनलाइन

काठमाडौं ,फागुन २०।

चैत्र १ र २ गते  नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ ले आवासीय प्रशिक्षण आयोजना गर्ने भएको  छ। नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ५ का संयोजक दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले पार्टी केन्द्रीय सदस्य ,जिल्ला कमिटी सदस्य ,नगर कमिटी सदस्य ,पार्टी शाखा अध्यक्ष र सचिव तथा प्रस्तावित जिल्ला कमिटी सदस्यहरुका लागि आवासीय प्रशिक्षण गर्ने निर्णय गरेको हो।

नेकपाका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला सह इन्चार्ज नारायण सिलवाल ,केन्द्रीय सदस्यहरु रत्न गुरुङ ,हरी अधिकारी ,बाबुलाल डंगोल लगायतको उपस्थितिमा उक्त बैठकले संग्जीय सरकार र प्रदेस सरकारका कामहरुको वारेमा छलफल  ,संगठन निर्माण र परिचालन ,वर्तमान राजनीतिक अवस्था र नेता कार्यकर्ताहरुको भूमिका ,आगामी तिन महिने कार्ययोजना लगायतका विषयमा छलफल गरिएको संयोजक निरौलाले जानकारी दिएका छन।

नगरपालिका संग समन्वय गरि कोभिड विरुद्ध  खोप लगाउने अभियानमा सहयोग गर्न स्थानिय पार्टी कमिटीलाई कार्यकर्ता परिचालन गर्ने निर्देशन दिने निर्णय गरेको छ

उक्त बैठकले प्रशिक्षण व्यवस्थापनका लागि  दिपक निरौला,  बाबुलाल डंगोल ,हरि अधिकारी ,धुर्व थपलिया ,धुर्व पाण्डे ,प्रदिप डंगोल र सत्यनारायण डंगोललाई प्र जिम्मेवारी प्रदान गरेको छ।फोटो :संयोग निरौला

तपाइँको प्रतिक्रिया ।