विपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यासले जनतामा आत्मविश्वास बढाउछ : वडा अध्यक्ष नबिन केसी

विपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यासले जनतामा आत्मविश्वास बढाउछ : वडा अध्यक्ष नबिन केसी

कपन अनलाइन

काठमाडौं फागुन २० ।बुढानिलकण्ठ नगरपालिकामा नगर स्तरीय दैवीप्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ। च्यासुनडोल युवा क्लवको आयोजना,बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को संयोजन र नेपाली सेना विपद व्यवस्थापन १ नं गणको सहकार्यमा संचालन भएको तालिम समापन कार्यक्रमलाइ सम्बोधन गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नबिन केसीले तालिम सगैं विपद व्यवस्थापनको लागि  आवश्यक थप  सामग्रीको लागि वडाले व्यवस्थापन गर्ने बताएका थिए  ।

वडाको विकासको लागि कुनै कसुर बाँकी नराख्ने स्पष्ट  पर्दै  वडा र क्लवको अनुरोधलाई स्वीकार गरी तालिम प्रदान गरेकोमा नेपाली सेना तथा तालिममा सहभागी प्रशिक्षकहरुलाई आभार व्यक्त गरेका थिए  ।उनले यस्ता  समुदायमा विपदको समयमा हुने ठुलो जनधनको क्षतीलाई कम गर्न मद्दत पुग्ने  बिश्वास ब्यक्त  गरेका थिए  ।

बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा रहेको भन्दै  मानब र जीवन रक्षाको लागि सो तालिम फलदायी हुने बताएका थिए विपद कहिले ? कहाँ ? कसरी ? कुन स्केलमा आउँछ ? र यसबाट कति क्षति हुन्छ ? कति मानिस मर्न सक्छन् ? भन्ने कुराको पूर्वानुमान आज सम्म कसैले गर्न सकेका छैनन्  भन्दै उनले  विपदबाट बच्नको लागि वा यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्नको लागि समुदायमा आधारित पूर्व तयारीमा जोड दिनु पर्दछ भन्ने उदेश्यका साथ् विपद व्यवस्थापन तालिम प्रदान गरेको बताएका थिए। विपद पूर्व तयारी तथा प्रतिकार्य अभ्यासले मानिसमा विपद प्रतिकार्यप्रति आत्मविश्वास बढ्न गई विपदको बेलामा प्रभावकारीरुपमा प्रतिकार्य गर्न सक्षम हुने बिस्वास ब्यक्त गर्दै तालिममा सिकेका कुरालाई विपद् आइपर्दा खोज तथा उद्दार कार्यमा प्रयोग गर्न आग्रह  समेत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।