गोकर्णेश्वर -१ को जग्गाधनी तथा मोही संग अन्तरक्रिया बारे सार्वजनिक सुचना

गोकर्णेश्वर -१ को जग्गाधनी तथा मोही संग अन्तरक्रिया बारे सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं फागुन १९ ।गोकर्णेश्वर नगरपालिका वडा नं १ ले जग्गाधनी तथा मोही संग अन्तरक्रिया कार्यक्रम बारे  सार्वजनिक  सुचना जारी गरेको छ। वडा अध्यक्ष राम मानन्धरले जारि गरेको उक्त सुचनामा   गोकर्णेश्वर नगरपालिका वडा नं १,२ र ४ कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १,२, ३ र ४ तथा शंखरापुर नगरपालिकाको वडा नं ९ गरि ८ वटा वडाहरुमा रहेको बिभिन्न कित्ताहरुलाइ समेटी संचालित पूर्वी काठमाडौं नया शहर विकास आयोजनाले जग्गा एकीकरण (Land Pooling) को माध्यम बाट नया शहर निर्माण गरिने हुँदा गोकर्णेश्वर नगरपालिका वडा नं १ भित्रका जग्गा धनि तथा मोहीहरु संग अन्तरक्रिया गरिने कार्यक्रम रहेकोले २०७७ साल फागुण २२ गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित पिस ब्यन्केटमा बिहान ८ बजे सहभागिता जनाइदिनको लागि अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।