शंखरापुर नगरपालिकाले १११ औं अन्तराष्ट्रिय महिला दिबस विविध कार्यक्रम गरि मनाउने

शंखरापुर नगरपालिकाले १११ औं अन्तराष्ट्रिय महिला दिबस विविध कार्यक्रम गरि मनाउने

कपन अनलाइन

काठमाडौं, फागुन १९ ।शंखरापुर नगरपालिकाले फागुन २४ गते १११ औं अन्तराष्ट्रिय महिला दिबस  विविध कार्यक्रम गरि मनाउने भएको छ।शंखरापुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शंखरापुर नगरपालिकाकि उप मेयर शुक्र लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले १११ औं अन्तर्राष्ट्रिय महिला दिबस भब्य रुपमा मनाउने निर्णय गरेको हो ।

शंखरापुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी  प्रमुख निर्जला अधिकारीका  अनुसार २४ गते बिहान प्रभातफेरी हुने जुन  नगरपालिका प्राङ्गण बाट सुरु भई साँखु बजार परिक्रमा गरि पुनः नगरपालिकामा पुगि सभामा परिणत हुने जानकारी दिदै  ।महिला दिबस लाई भब्य रुपमा मनाउने क्रममा २३ गते  लोक दोहरी प्रतियोगिता आयोजना गरिने पनि उनले जानकारी गराइन।

लोक दोहरी प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाइ क्रमशः १५ हजार, १० हजार,५ हजार र २ हजार नगद द्वारा पुरस्कृत गरिने भएको छ। त्यसैगरी २४ गते बिहान महिलाहरु द्वारा सामुहिक रुपमा उत्पादन गरिएका बस्तुहरुको प्रदर्शनी समेत गरिने भएको छ।प्रदर्शनीमा प्रथम, द्वितीय,तृतीय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार,१० हजार,५ हजार र २ हजार रुपैया पुरस्कार प्रदान गरिने शाखा प्रमुख अधिकारीले  जानकारी गराइन।

फोटो : प्रेम प्रकाश

 

 

तपाइँको प्रतिक्रिया ।