मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन सम्झौता

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर निष्काशन सम्झौता

कपन अनलाइन

काठमाडौं ,फागुन १९
श्री मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन,काठमाण्डौं (आयोजना  स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १०० अकिंत दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्रओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८,०२,५०० कित्ता शेयर समेत) कित्ता निष्काशन गर्नको लागि  सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सन्राइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत  बिजयलाल श्रेष्ठका बीच मोलुङ्ग हाइड्रोपावर कम्पनी  लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाण्डौमा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरियो ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजना बाट मिति २०७४/१२/१२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

मिति २०७७÷१०÷२५ गते सम्पन्न कम्पनीको ११ औ बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी एक अर्ब र जारी पूंजी बृद्धि गरी अस्सी करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो । उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा५६% अर्थात ४४,९४,००० कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५,३१,०००कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।